रोमी 2:6-8

रोमी 2:6-8 NNRV

किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ। धैर्यसँग असल काम गरेर महिमा, इज्‍जत र अमरत्‍व खोज्‍नेहरूलाई चाहिँ उहाँले अनन्‍त जीवन दिनुहुनेछ। तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।