यसकारण परमेश्वरका महिमाको निम्ति ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर। म तिमीहरूलाई भन्दछु, हाम्रा पूर्वजहरूलाई दिइएका प्रतिज्ञाहरूको पुष्टि गर्नका निम्ति परमेश्वरको सत्यतालाई प्रकट गर्न ख्रीष्ट खतना भएकाहरूको दास बन्नुभयो, यस हेतुले कि अन्यजातिहरूले उहाँका कृपाको निम्ति परमेश्वरको महिमा गरून्। जस्तो लेखिएको छ, “यसैकारण अन्यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्तुति गाउनेछु।” र फेरि यस्तो भनिएको छ, “ए अन्यजाति हो, उहाँको प्रजासँग आनन्द मनाओ।” र फेरि, “ए सारा अन्यजाति हो, प्रभुको प्रशंसा गर, र सबै मानिसहरूले उहाँको प्रशंसा गरून्।” र फेरि यशैया भन्दछन्, “यिशैको वंशबाट एक जना आउनुहुनेछ, उहाँले अन्यजातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँमाथि अन्यजातिहरूले आशा राख्नेछन्।” आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक।
रोमी 15 पढ्नुहोस्
सुन्नुहोस् रोमी 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 15:7-13
7 Days
How can we find the right attitude for every situation? What is the right attitude? This seven-day Bible Plan finds answers in the life and teachings of Christ. Let these daily encouragements, reflective prayers, and powerful Scriptures form in you the mind of Christ.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू