यसबाहेक यो वर्तमान समय कस्तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। रात बितिसक्यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्धकारका काम छोड़ेर हामी ज्योतिका हातहतियार धारण गरौं। दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं। मोजमज्जामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगड़ामा र डाहमा होइन। तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ।
रोमी 13 पढ्नुहोस्
सुन्नुहोस् रोमी 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 13:11-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू