किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्। किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन, त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं। हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्वासको परिमाणअनुसार, सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित। प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो। भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर।
रोमी 12 पढ्नुहोस्
सुन्नुहोस् रोमी 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 12:3-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू