यसै गरी यस वर्तमान समयमा पनि अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग छ। तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन। तब के? इस्राएलले जे खोजेको थियो त्यो पाउन असफल भयो। तर चुनिएकाहरूले त्यो प्राप्त गरे। अरू सबैचाहिँ कठोर बने, जस्तो लेखिएको छ: “परमेश्वरले तिनीहरूलाई चेतनाहीन आत्मा दिनुभएको छ। यस्ता आँखा दिनुभएको छ जसले नदेखून् र यस्ता कान जसले नसुनून्, र आजको दिनसम्म पनि तिनीहरू यस्तै छन्,” र दाऊद भन्छन्, “तिनीहरूको भोज पासो र धराप बनोस्, एउटा भड्खालो र तिनीहरूलाई बदला दिने कुरो होस्। तिनीहरूका आँखा नदेख्नलाई धमिला होऊन्, र तिनीहरूका ढाड सधैँ कुप्रा भइरहून्।”
रोमी 11 पढ्नुहोस्
सुन्नुहोस् रोमी 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 11:5-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू