रोमी 11:21-24

रोमी 11:21-24 NNRV

किनभने यदि परमेश्‍वरले स्‍वाभाविक हाँगाहरूलाई बाँकी राख्‍नुभएन भनेता तिमीलाई पनि बाँकी राख्‍नुहुनेछैन। यसकारण परमेश्‍वरको दया र कठोरतालाई ध्‍यानमा राख— पतन भएकाहरूमाथि कड़ा व्‍यवहार, तर उहाँकै दयामुनि रहिरह्यौ भने तिमीलाई परमेश्‍वरको दया देखाइनेछ, नत्रता तिमी पनि काटिनेछौ। तिनीहरू पनि अविश्‍वासमा ढीट भएर बसेनन्‌ भनेता कलमी बाँधिनेछन्‌। किनभने परमेश्‍वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्‍न सक्‍नुहुन्‍छ। किनभने यदि तिमी प्राकृतिक जङ्गली जैतून भएर पनि काटियौ र प्रकृतिको विरुद्ध एउटा असल जैतूनको बोटमा कलमी बाँधियौ भनेता यी प्राकृतिक हाँगाहरू आफ्‍नै निज जैतूनकै रूखमा झन्‌ कति बढ़ी कलमी बाँधिएलान्‌।