यदि मुछेको पीठोको एक अंश प्रथम-भेटीको रूपमा अर्पण गरिएको छ भने, समस्त ढिका पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्। तर यदि कुनै हाँगाहरू काटिए र असल जैतूनको जराको रस-भण्डारमा सहभागी हुनलाई तिमी एक जङ्गली जैतून भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियौ भने, ती हाँगाहरूका सामु घमण्ड नगर। यदि घमण्ड नै गर्नु हो भने, यो याद राख, कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थाम्छ। तिमी भन्नेछौ, “म कलमी बाँधिन सकूँ भनेर नै हाँगाहरू काटिएका थिए।” ठीकै हो, तिनीहरूको अविश्वासले गर्दा नै हाँगाहरू काटिएका हुन्। तिमीहरूचाहिँ तिम्रो विश्वासले मात्र खड़ा छौ। घमण्ड नगर, तर श्रद्धापूर्ण भय राख।
रोमी 11 पढ्नुहोस्
सुन्नुहोस् रोमी 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 11:16-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू