यसकारण म सोध्दछु, “के लोट्नलाई तिनीहरूले ठक्कर खाएका हुन्?” कदापि होइन! तर इस्राएलको अपराधद्वारा अन्यजातिहरूमा मुक्ति आएको छ, ताकि इस्राएल पनि मुक्तिको निम्ति डाही बनोस्। अब यदि तिनीहरूको अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूको असफलताचाहिँ अन्यजातिहरूका निम्ति सम्पत्ति हुने हो भनेता तिनीहरूको पूर्ण समावेश झन् कति अर्थपूर्ण होला! अब तिमी अन्यजातिहरूलाई भनिरहेछु। अन्यजातिहरूको प्रेरित भएको हुनाले म मेरो सेवालाई महत्त्व दिँदछु, यस आशामा कि मेरो आफ्नै यहूदी जातिलाई डाही बनाउन सकूँ, र तीमध्ये कसै-कसैलाई बचाउन सकूँ। किनकि यदि तिनीहरूको बहिष्कार हुँदा संसारको निम्ति मिलाप भयो भने, के तिनीहरूको पुन:ग्रहण मृत्युबाट जीवन पाएको समान होइन र?
रोमी 11 पढ्नुहोस्
सुन्नुहोस् रोमी 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 11:11-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू