रोमी 10:5-8

रोमी 10:5-8 NNRV

मोशा लेख्‍छन्, “व्‍यवस्‍थामा आधारित भएको धार्मिकता पालन गर्ने मानिस त्‍यसैबाट जिउनेछ।” तर विश्‍वासमाथि आधारित भएको धार्मिकताले यसो भन्‍छ, “मन-मनमा यसो नभन, ‘स्‍वर्गमा को उक्‍लने’?” (अर्थात्‌ ख्रीष्‍टलाई तल ल्‍याउनलाई), वा आफ्‍नो मनमा यसो पनि नभन, “पातालमा को ओर्लने?” (अर्थात्‌ मरेकाहरूबाट ख्रीष्‍टलाई माथि ल्‍याउनलाई)। तर यसले के भन्‍छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात्‌ विश्‍वासको वचन, जो हामी प्रचार गर्दछौं।