जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ। तर म सोध्दछु, “के तिनीहरूले सुनेका छैनन्?” निश्चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज सारा पृथ्वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्लो छेउसम्म पुगेका छन्।” म फेरि सोध्छु, “के इस्राएलले बुझेन?” सर्वप्रथम मोशाले भन्छन्, “जो एक जाति नै होइन, म तिमीहरूलाई तिनीहरूप्रति डाही तुल्याउनेछु, एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई क्रुद्ध तुल्याउनेछु।” तब यशैयाले साहसपूर्वक भन्दछन्, “मलाई नखोज्नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन् तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेकोछु।” तर इस्राएलको विषयमा तिनी भन्छन्, “दिनभरि नै अटेरी र विरोधी मानिसहरूप्रति मैले मेरो हात पसारेको छु।”
रोमी 10 पढ्नुहोस्
सुन्नुहोस् रोमी 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 10:17-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू