रोमी 10:14-21

रोमी 10:14-21 NNRV

तर जसलाई विश्‍वास गरेकै छैनन्‌ उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन्‌ उहाँमाथि तिनीहरूले कसरी विश्‍वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍ने? र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्‍तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्‍दर!” तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्‍छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्‍वास गरेको छ?” जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ। तर म सोध्‍दछु, “के तिनीहरूले सुनेका छैनन्‌?” निश्‍चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज सारा पृथ्‍वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्‍लो छेउसम्‍म पुगेका छन्‌।” म फेरि सोध्‍छु, “के इस्राएलले बुझेन?” सर्वप्रथम मोशाले भन्‍छन्, “जो एक जाति नै होइन, म तिमीहरूलाई तिनीहरूप्रति डाही तुल्‍याउनेछु, एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई क्रुद्ध तुल्‍याउनेछु।” तब यशैयाले साहसपूर्वक भन्‍दछन्, “मलाई नखोज्‍नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन्‌ तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेकोछु।” तर इस्राएलको विषयमा तिनी भन्‍छन्, “दिनभरि नै अटेरी र विरोधी मानिसहरूप्रति मैले मेरो हात पसारेको छु।”