रोमी 10:1-4

रोमी 10:1-4 NNRV

भाइ हो, मेरो आफ्‍नो हृदयको इच्‍छा र तिनीहरूका निम्‍ति परमेश्‍वरमा मेरो प्रार्थना यही छ, कि तिनीहरूले उद्धार पाऊन्‌। म यो गवाही दिन्‍छु कि परमेश्‍वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन। किनभने परमेश्‍वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूको आफ्‍नै धार्मिकता स्‍थापित गर्न खोज्‍दा तिनीहरू परमेश्‍वरका धार्मिकताको अधीनमा रहेनन्‌। किनभने विश्‍वास गर्ने धर्मी ठहरिओस्‌ भनेर ख्रीष्‍ट नै व्‍यवस्‍थाको अन्‍त्‍य हुनुहुन्‍छ।