परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनुभएको छ। उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढ़ाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो। बुद्धिमान् छु भन्ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए, र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे।
रोमी 1 पढ्नुहोस्
सुन्नुहोस् रोमी 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 1:18-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू