रोमी 1:14-17

रोमी 1:14-17 NNRV

ग्रीक होस्‌ वा अरू असभ्‍य जाति, बुद्धिमान्‌ होस्‌ वा निर्बुद्धि, सबैको म ऋणी छु। यसैले सकेसम्‍म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्‍सुक छु। किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्‍वास गर्ने प्रत्‍येकका मुक्तिको निम्‍ति यो परमेश्‍वरको शक्ति हो, पहिले यहूदीहरूका निम्‍ति र अन्‍यजातिहरूका निम्‍ति पनि। किनकि सुसमाचारमा परमेश्‍वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्‍यो धार्मिकता जोचाहिँ सम्‍पूर्ण रूपले विश्‍वासद्वारा नै आउँछ। यस्‍तो लेखिएको छ, “धर्मीचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”