अनि छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र मैले परमेश्वरको अगाडि रहेका सुनका वेदीका चार सीङबाट निस्केको एउटा आवाज सुनें। तुरही लिने छैटौँ स्वर्गदूतलाई यसो भनेको मैले सुनें, “ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका ती चार दूतलाई छोडिदेऊ।” अनि ती चार दूतहरू छोडिए, जुनहरू मानिसजातिको एक तिहाइ मार्नलाई त्यस घड़ी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखिएका थिए। ती घोड़सवार फौजको संख्या बीस करोड थियो। मेरो दर्शनमा देखिएका घोडा र घोड़सवारहरू यस्ता थिए: तिनीहरूका छातीका कवचहरू आगोको, नीलमणि र गन्धकको रङ्गका थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरजस्ता थिए। तिनीहरूका मुखबाट आगो, धूवाँ र गन्धक निस्कन्थे। तिनीहरूका मुखबाट निस्केका आगो, धूवाँ र गन्धकका तीन विपत्तिद्वारा मानिस-जातिको एक तिहाइ मारियो। किनकि ती घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्छरमा थियो, किनभने तिनीहरूका पुच्छर सर्पजस्ता थिए, जसका टाउका थिए। तीद्वारा तिनीहरूले मानिसलाई चोट पार्थे। यी विपत्तिद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्ना हातका कामबाट अझ पनि पश्चात्ताप गरेनन्। तिनीहरूले भूतहरूलाई र देख्न नसक्ने, सुन्न नसक्ने र हिँड्न नसक्ने सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरूलाई पुज्न छोड़ेनन्। तिनीहरूले आफूले गरेको हत्या, जादूगरी, व्यभिचार र चोरीको पश्चात्ताप गरेनन्।
प्रकाश 9 पढ्नुहोस्
सुन्नुहोस् प्रकाश 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 9:13-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू