प्रकाश 9:1-6

प्रकाश 9:1-6 NNRV

अनि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र मैले एउटा तारा देखें, जो स्‍वर्गबाट पृथ्‍वीमा खसेको थियो। त्‍यस तारालाई अतल कुण्‍डको साँचो दिइयो। त्‍यसले अतल कुण्‍ड खोल्‍यो, र त्‍यस कुण्‍डबाट आगोको ठूलो भट्टीबाट निस्‍केको धूवाँजस्‍तो आयो, र कुण्‍डको धूवाँले सूर्य र वायुमण्‍डल अँध्‍यारो पार्‍यो। त्‍यस धूवाँबाट पृथ्‍वीमा सलहहरू निस्‍के, र पृथ्‍वीका बिच्‍छीहरूको जस्‍तो शक्ति तिनीहरूलाई दिइयो। तिनीहरूलाई आदेश दिइयो, कि पृथ्‍वीका घाँस वा कुनै बोट-बिरुवालाई हानि नगर्नू, तर मानव-जातिका तिनीहरूलाई मात्र हानि गर्नू जसको निधारमा परमेश्‍वरको मोहोर छैन। तिनीहरूलाई मारी त नहाल्‍नू, तर पाँच महिनासम्‍म यातना दिनू भन्‍ने तिनीहरूलाई अख्‍तियार दिइयो, र मानिसलाई बिच्‍छीले डस्‍दा जस्‍तो पीडा हुन्‍छ, तिनीहरूले दिएको पीडा पनि त्‍यस्‍तै थियो। ती दिनमा मानिसहरूले मृत्‍यु खोज्‍नेछन्, तर पाउनेछैनन्‌। तिनीहरूले मर्न इच्‍छा गर्नेछन्, तर मृत्‍यु तिनीहरूबाट भाग्‍नेछ।