प्रकाश 6:9-11

प्रकाश 6:9-11 NNRV

जब उहाँले पाँचौँ मोहोर तोड्‌नुभयो, तब वेदीमुन्‍तिर मैले तिनीहरूका आत्‍माहरू देखें, जो परमेश्‍वरका वचनको निम्‍ति र तिनीहरूले दिएका गवाहीको कारण मारिएका थिए। अनि तिनीहरूले यसो भनेर चर्को सोरले कराए, “हे सर्वशक्तिमान्‌ पवित्र र सत्‍य प्रभु, अझै कहिलेसम्‍म तपाईंले पृथ्‍वीमा रहनेहरूको इन्‍साफ गर्नुहुन्‍न र हाम्रो रगतको बदला लिनुहुन्‍न?” तिनीहरू प्रत्‍येकलाई एउटा सेतो पोशाक दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्‍तै मारिएर संख्‍यामा पूरा नभएसम्‍म केही बेर विश्राम गर्नू भनी तिनीहरूलाई भनियो।