प्रकाश 6:12-14

प्रकाश 6:12-14 NNRV

जब उहाँले छैटौँ मोहोर तोड्‌नुभयो, तब मैले ठूलो भूकम्‍प गएको देखें। सूर्य भाङ्‌ग्राजस्‍तो कालो भयो, र पूर्णिमाको चन्‍द्रमा रगतजस्‍तै रातो भयो। अनि अञ्‍जीरको रूखलाई बतासले हल्‍लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्‍वीमा खसे। आकाशचाहिँ चर्मपत्रको मुट्ठो बेह्रिएझैँ लोप भयो, र हरेक टापू र पहाड तिनीहरूका आ-आफ्‍ना ठाउँबाट हटेर गए।