प्रकाश 4:9-11

प्रकाश 4:9-11 NNRV

जब-जब ती जीवित प्राणीहरूले सिंहासनमा विराजमान हुनुहुने र जो सदासर्वदा जीवित रहनुहुन्‍छ, उहाँलाई महिमा, आदर, धन्‍यवाद चढ़ाउँछन्, तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्‍ने घोप्‍टो पर्दछन्, र सदासर्वदा जीवित रहनुहुनेलाई दण्‍डवत्‌ गर्दछन्, र तिनीहरूका आ-आफ्‍ना मुकुट सिंहासनको सामुन्‍ने राखेर यसरी गाउँछन्: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्‍यको हुनुहुन्‍छ, किनभने सबै कुरा तपाईंले नै सृष्‍टि गर्नुभएको हो, र तपाईंकै इच्‍छाबमोजिम ती अस्‍तित्‍वमा आए, र तिनको सृष्‍टि भयो।”