प्रकाश 3:1-6

प्रकाश 3:1-6 NNRV

अनि सार्डिसका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा परमेश्‍वरका सात आत्‍मा र सात तारा हुनेले भन्‍दछ। तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्‍ने नाउँ त छ, तर तिमीहरू मरेका छौ। जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्‍वरको दृष्‍टिमा सिद्ध भएको भेट्टाएको छैनँ। यसकारण तिमीले जे पायौ र सुन्‍यौ, सो सम्‍झ, त्‍यसलाई कायम राख र पश्‍चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्‍तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ। तर सार्डिसमा कति व्‍यक्ति छन्, जसले आफ्‍ना लुगा बिटुलो पारेका छैनन्‌। तिनीहरू मसँग सेता वस्‍त्र लाएर हिँड्‌नेछन्, किनकि तिनीहरू योग्‍यका छन्‌। जसले जित्‍छ, त्‍यसलाई यसरी सेता वस्‍त्र पहिराइन्‍छ, र म त्‍यसको नाउँ जीवनको पुस्‍तकबाट मेटिदिनेछैनँ। म त्‍यसको नाउँ मेरा पिताको सामुन्‍ने र उहाँका दूतहरूका सामुन्‍ने स्‍वीकार गर्नेछु। जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।