पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस्।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस्। यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु: यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ। अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ। यी कुराको गवाही दिनेले भन्नुहुन्छ, “निश्चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू। प्रभु येशूको अनुग्रह सबै सन्तहरूसँग रहोस्। आमेन।
प्रकाश 22 पढ्नुहोस्
सुन्नुहोस् प्रकाश 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 22:17-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू