प्रकाश 21:1-4

प्रकाश 21:1-4 NNRV

तब मैले नयाँ आकाश र नयाँ पृथ्‍वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्‍वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन। अनि मैले परमेश्‍वरबाट दुलहाको निम्‍ति दुलही जस्‍तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात्‌ पवित्र सहर, नयाँ यरूशलेम स्‍वर्गबाट तलतिर झरिरहेको देखें। सिंहासनबाट यसो भन्‍ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍वर आफै तिनीहरूका परमेश्‍वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”