प्रकाश 2:8-11

प्रकाश 2:8-11 NNRV

अनि स्‍मुर्नाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा आदि र अन्‍त्‍यले भन्‍दछ, जो मरेको थियो, र फेरि जीवित भयो। म तिम्रा कष्‍टहरू र तिम्रो दरिद्रतालाई जान्‍दछु। तर तिमी त धनी नै छौ। म तिनीहरूलाई चिन्‍दछु, जसले आफूलाई यहूदी हौं त भन्‍छन्, तर वास्‍तवमा तिनीहरू होइनन्‌। तिनीहरूले गरेका निन्‍दा म जान्‍दछु। तिनीहरू शैतानको सभाघर हुन्‌। तिमीले भोग्‍नै लागेका कष्‍टहरूसँग नडराओ। हेर, दियाबलसले तिमीहरूमध्‍ये कतिलाई तिमीहरूका जाँचको निम्‍ति कैदमा हाल्‍न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्‍ट हुनेछ। तिमी मृत्‍युसम्‍मै विश्‍वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु। जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ, त्‍यसलाई दोस्रो मृत्‍युदेखि केही हानि हुनेछैन।