त्यसपछि एउटा ठूलो भीड़को सोरजस्तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्ले राज्य गर्नुहुन्छ। हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्। चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्। अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन्।”
प्रकाश 19 पढ्नुहोस्
सुन्नुहोस् प्रकाश 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 19:6-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू