तब मन्दिरबाट आएको एउटा चर्को सोरले सात स्वर्गदूतहरूलाई यसो भनिरहेको मैले सुनें: “तिमीहरू जाओ, र परमेश्वरका क्रोधका सात कचौरा पृथ्वीमाथि खन्याओ।” तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरो पृथ्वीमाथि खन्याए, र त्यसले गर्दा त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूलाई घिनलाग्दा र दुख्ने घाउ-खटिरा निस्के। दोस्रो स्वर्गदूतले आफ्नो कचौरो समुद्रमा खन्याए, र त्यो मरेका मानिसको रगतजस्तै भयो। अनि समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे। अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरो नदीहरू र पानीका मूलहरूमा खन्याए, र ती रगतै भइहाले। तब पानीको जिम्मा लिने स्वर्गदूतले यसो भनिरहेका मैले सुनें, “तपाईं आफ्ना इन्साफमा न्यायी हुनुहुन्छ, तपाईं जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, हे पवित्र परमेश्वर। किनभने यसरी नै तपाईंले इन्साफ गर्नुभएको छ। किनकि तिनीहरूले सन्तहरू र अगमवक्ताहरूको रक्तपात गरेका छन्, र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ। त्यो तिनीहरूले पाउनैपर्ने हो।” तब वेदीले यसो भनिरहेको मैले सुनें, “हो, परमप्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका इन्साफ सत्य र न्यायसङ्गत छन्।”
प्रकाश 16 पढ्नुहोस्
सुन्नुहोस् प्रकाश 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 16:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू