प्रकाश 15:1-4

प्रकाश 15:1-4 NNRV

मैले स्‍वर्गमा ठूलो र अचम्‍मको अर्को एउटा चिन्‍ह देखें: सात स्‍वर्गदूतहरूले सात वटा अन्‍तिम विपत्ति लिएका थिए, किनकि तिनीहरूमा नै परमेश्‍वरको क्रोध समाप्‍त भएको छ। आगोसँग मिसिएका काँचको समुद्रजस्‍तो मैले देखें। त्‍यहाँ पशु र त्‍यसको मूर्तिमाथि र त्‍यसका नाउँको संख्‍यामाथि विजय पाउनेहरू आफ्‍ना हातमा परमेश्‍वरको वीणा लिई त्‍यस काँचका समुद्रको किनारमा खड़ा थिए। तिनीहरूले यसो भनेर परमेश्‍वरका दास मोशाको भजन र थुमाको भजन गाउँदैथिए, “हे परमप्रभु परमेश्‍वर सर्वशक्तिमान्, तपाईंका कार्य महान्‌ र आश्‍चर्यपूर्ण छन्, युग-युगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्‍य छन्‌। हे परमप्रभु, तपाईंको डर कसले मान्‍दैन? र तपाईंका नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्‍छ। सबै जातिले आएर तपाईंलाई दण्‍डवत्‌ गर्नेछन्, किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट भएका छन्‌।”