प्रकाश 13:6-10

प्रकाश 13:6-10 NNRV

परमेश्‍वरको विरुद्धमा निन्‍दा गर्न, उहाँको नाउँ र उहाँको वासस्‍थान, र स्‍वर्गमा बस्‍नेहरूसमेत सबैको निन्‍दा गर्नलाई त्‍यसले आफ्‍नो मुख खोल्‍यो। अनि त्‍यसलाई सन्‍तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्‍न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्‍यसलाई अधिकार दिइयो। र पृथ्‍वीमा वास गर्ने सबैले त्‍यस पशुको पूजा गर्नेछन्, अर्थात्‌ तिनीहरूले, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्‍तकमा लेखिएको छैन। जसको कान छ त्‍यसले सुनोस्‌— कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्‍तहरूको सहनशीलता र विश्‍वास यसैमा छ।