समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा ईश्वर-निन्दाको नाउँ थिए। मैले देखेको त्यो पशु चितुवाजस्तै थियो, त्यसका खुट्टाहरू भालूका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो। त्यस अजिङ्गरले त्यस पशुलाई आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अधिकार दियो। त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो। अनि सारा पृथ्वी छक्क परेर त्यस पशुको पछिपछि लाग्यो। मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्यसले आफ्नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्दै पशुको पूजा गरे, “यो पशुजस्तो अरू को छ? यसको विरुद्धमा को लड्न सक्ने?” त्यसलाई अहङ्कारी र ईश्वर-निन्दक शब्दहरू उच्चारण गर्ने मुख दिइयो। त्यसलाई बयालीस महिनासम्म अधिकार चलाउने अनुमति दिइयो।
प्रकाश 13 पढ्नुहोस्
सुन्नुहोस् प्रकाश 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 13:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू