प्रकाश 12:9-12

प्रकाश 12:9-12 NNRV

त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए। तब मैले स्‍वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्‍वरको मुक्ति, शक्ति, राज्‍य र उहाँका ख्रीष्‍टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरको सामुन्‍ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्‍यो तल फ्‍याँकिएको छ। तिनीहरूले थुमाको रगत र आफ्‍ना गवाहीको वचनको कारण त्‍यसलाई जितेका छन्, र तिनीहरूले मृत्‍युसम्‍मै पनि आफ्‍नो ज्‍यानको माया राखेनन्‌। यसकारण हे स्‍वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्‍वी र समुद्रलाई धिक्‍कार छ! किनभने आफ्‍नो समय अल्‍प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।”