तिनीहरूले आफ्नो गवाहीको काम सिद्ध्याइसकेपछि अतल कुण्डबाट निस्किआउने त्यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ। तिनीहरूका लाशहरू त्यस ठूलो सहरको सड़कमा पड़िरहनेछन्, जुन सहरलाई सांकेतिक रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो। साढ़े तीन दिनसम्म तिनका लाशहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन् र ती लाशहरू गाड्न दिनेछैनन्। पृथ्वीमा रहनेहरू तिनीहरूका मृत्युमा रमाउनेछन्, आनन्द मनाउनेछन् र आपसमा उपहार लिने-दिने गर्नेछन्। किनभने ती दुई अगमवक्ताहरूले पृथ्वीमा रहनेहरूलाई सास्ती दिएका थिए। साढ़े तीन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना गोडामा खड़ा भए, अनि तिनीहरूलाई देख्नेहरूमाथि ठूलो डर छायो। अनि तिनीहरूले स्वर्गबाट यस्तो एउटा ठूलो आवाज सुने, “यता माथि आओ।” र तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्वर्गतिर गए। त्यही घड़ी ठूलो भूकम्प गयो, र सहरको दशौँ भाग ढल्यो, र भूकम्पमा सात हजार मानिसहरू मारिए। अरू बाँचेकाहरू डराए र स्वर्गका परमेश्वरलाई महिमा दिए। दोस्रो विपत्ति बित्यो, “हेर, तेस्रो विपत्ति चाँड़ै आउँदैछ।” अनि सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र त्यसपछि स्वर्गमा यसो भन्ने ठूला-ठूला आवाज गुञ्जिए, “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, अनि उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।” अनि परमेश्वरको सामुन्ने आ-आफ्ना सिंहासनमा बस्ने ती चौबीसै धर्म-गुरुहरूले घोप्टो परी परमेश्वरलाई दण्डवत् गरे, भन्न लागे, “हे परमप्रभु परमेश्वर सर्वशक्तिमान्, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौं, जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, किनभने तपाईंले आफ्नो ठूलो सामर्थ्य हातमा लिनुभयो र राज्य गर्न थाल्नुभयो। जाति-जातिहरू क्रुद्ध भए, तर तपाईंको क्रोध प्रकट भयो। मरेकाहरूका इन्साफको समय आयो, र तपाईंका दासहरू र अगमवक्ताहरू र सन्तहरूलाई र तपाईंका नाउँको डर मान्ने ठूला-सानाहरूलाई इनाम दिने समय, र पृथ्वीको विनाश गर्नेहरूलाई नाश गर्ने समय आयो।” स्वर्गमा परमेश्वरको मन्दिर खोलियो, र उहाँको मन्दिरभित्र उहाँका करारको सन्दूक देखियो। बिजुलीका चमक देखिए। आवाज र मेघ गर्जनहरू सुनिए। भूकम्प गए र ठूला-ठूला असिना परे।
प्रकाश 11 पढ्नुहोस्
सुन्नुहोस् प्रकाश 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 11:7-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू