प्रकाश 11:1-6

प्रकाश 11:1-6 NNRV

त्‍यसपछि नाप्‍ने टाँगोजस्‍तै एउटा निगालो मलाई दिइयो, र यसो भनियो, “उठ, र परमेश्‍वरको मन्‍दिर र वेदीको नाप लेऊ, र त्‍यहाँ आराधना गर्नेहरूको गन्‍ती लेऊ। तर मन्‍दिरबाहिर रहेका आँगनलाई चाहिँ छोड र ननाप, किनकि त्‍योचाहिँ जाति-जातिहरूलाई दिइएको छ, र बयालीस महिनासम्‍म पवित्र सहरलाई तिनीहरूले कुल्‍चीमिल्‍ची गर्नेछन्‌। मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्‍म भाङ्‌ग्राको वस्‍त्र लाएर अगमवाणी बोल्‍ने शक्ति म दिनेछु।” पृथ्‍वीका प्रभुको सामुन्‍ने खड़ा रहेका जैतूनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन्‌। यदि कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्‍छा गर्‍यो भने, तिनीहरूका मुखबाट निस्‍केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्‍छा गर्‍यो भने त्‍यो त्‍यही किसिमले मारिनेछ। तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस्‌ भनी आकाश बन्‍द गर्ने तिनीहरूसित शक्ति छ, र पानीहरूलाई रगत तुल्‍याउने र तिनीहरूलाई इच्‍छा लागेको बेलामा पृथ्‍वीमा हरकिसिमका विपत्ति ल्‍याउने तिनीहरूसित शक्ति छ।