प्रकाश 10:5-7

प्रकाश 10:5-7 NNRV

तब समुद्र र जमिनमा उभिएका जुन स्‍वर्गदूतलाई मैले देखेका थिएँ, तिनले आफ्‍नो हात स्‍वर्गतिर उचाले। अनि सदासर्वदा जीवित रहनुहुने, तथा स्‍वर्ग र त्‍यसमा भएका कुराहरू, पृथ्‍वी र त्‍यसमा भएका कुराहरू, समुद्र र त्‍यसमा भएका कुराहरूलाई सृष्‍टि गर्नुहुनेको नाउँमा तिनले शपथ खाएर अब ढिलो हुनेछैन भने। तर ती दिनहरूमा जब सातौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुक्‍नै लाग्‍छन्, उहाँले आफ्‍ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्‍वरको रहस्‍य पूरा हुनेछ।