तब समुद्र र जमिनमा उभिएका जुन स्वर्गदूतलाई मैले देखेका थिएँ, तिनले आफ्नो हात स्वर्गतिर उचाले। अनि सदासर्वदा जीवित रहनुहुने, तथा स्वर्ग र त्यसमा भएका कुराहरू, पृथ्वी र त्यसमा भएका कुराहरू, समुद्र र त्यसमा भएका कुराहरूलाई सृष्टि गर्नुहुनेको नाउँमा तिनले शपथ खाएर अब ढिलो हुनेछैन भने। तर ती दिनहरूमा जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्छन्, उहाँले आफ्ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्वरको रहस्य पूरा हुनेछ। तब स्वर्गबाट मैले सुनेको आवाजले मलाई फेरि यसो भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिने दूतको हातमा भएको खुला चर्मपत्रको मुट्ठो लेऊ।” अनि म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागें। अनि तिनले मलाई भने, “यो लेऊ, र खाऊ। यसले तिम्रो पेट अमिलो गराउनेछ, तर तिम्रो मुखमा चाहिँ त्यो महजस्तै गुलियो हुनेछ।” मैले ती स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ, र खाएँ। मेरो मुखमा त्यो महजस्तै गुलियो भयो। तर त्यो खाएपछि मेरो पेट अमिलो भयो। तब मलाई यो भनियो, “तिमीले धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा फेरि अगमवाणी बोल्नुपर्नेछ।”
प्रकाश 10 पढ्नुहोस्
सुन्नुहोस् प्रकाश 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 10:5-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू