भजनसंग्रह 98:4-6

भजनसंग्रह 98:4-6 NNRV

हे सारा पृथ्‍वी, आनन्‍दसँग परमप्रभुको जयजयकार गर, भजनद्वारा उहाँको जय घोषणा गर। परमप्रभुको निम्‍ति वीणाको लय निकाल, वीणा र मधुर सुरले, तुरही र भेड़ाको सीङले परमप्रभु महाराजाको सामुन्‍ने आनन्‍दको उद्‌घोषण गर।