भजनसंग्रह 96:7-10

भजनसंग्रह 96:7-10 NNRV

जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ। परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको मन्‍दिरमा प्रवेश गर। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर, हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी होओ। जातिहरूका बीचमा भन, “परमप्रभु राज्‍य गर्नुहुन्‍छ।” संसार स्‍थिर रूपले स्‍थापित भएको छ, त्‍यसलाई हल्‍लाउन सकिँदैन। उहाँले मानिसहरूको न्‍याय निष्‍पक्षसाथ गर्नुहुनेछ।