भजनसंग्रह 96:10-13

भजनसंग्रह 96:10-13 NNRV

जातिहरूका बीचमा भन, “परमप्रभु राज्‍य गर्नुहुन्‍छ।” संसार स्‍थिर रूपले स्‍थापित भएको छ, त्‍यसलाई हल्‍लाउन सकिँदैन। उहाँले मानिसहरूको न्‍याय निष्‍पक्षसाथ गर्नुहुनेछ। स्‍वर्ग आनन्‍दित होस्‌, र पृथ्‍वी रमाओस्‌, समुद्र र त्‍यसमा भएका सबै थोकले हर्षनाद गरून्‌। खेत र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌। तब जङ्गलमा भएका वृक्षहरू आनन्‍दले गाउनेछन्‌, तिनीहरू परमप्रभुको सम्‍मुख गाउनेछन्‌, किनकि उहाँ आउनुहुन्‍छ, उहाँ पृथ्‍वीको न्‍याय गर्न आउनुहुन्‍छ। उहाँले संसारको न्‍याय धार्मिकतामा, र मानिसहरूको न्‍याय आफ्‍नो सत्‍यतामा गर्नुहुनेछ।