भजनसंग्रह 95:1-3

भजनसंग्रह 95:1-3 NNRV

आओ, परमप्रभुको निम्‍ति हामी आनन्‍दले गाऔं, हाम्रो उद्धारको चट्टानकहाँ चर्को सोरले कराऔं। धन्‍यवाद चढ़ाउँदै उहाँको सामुन्‍ने आऔं, भजन र गीतले उहाँको प्रशंसा गरौं। किनकि परमप्रभु महान्‌ परमेश्‍वर हुनुहुन्‍छ, सारा देवहरूमाथिका महाराजा।