भजनसंग्रह 9:13-20

भजनसंग्रह 9:13-20 NNRV

हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। हेर्नुहोस्‌, मलाई घृणा गर्नेहरूबाट मैले कस्‍तो कष्‍ट भोग्‍नुपरेको छ। तपाईंले नै मलाई मृत्‍युको मुखबाट छुटाउनुहोस्‌, र सियोनकी छोरीका ढोकाहरूमा म तपाईंका सबै प्रशंसाको घोषणा गर्न सकूँ, र त्‍यहाँ तपाईंले गर्नुभएको उद्धारमा म रमाउन सकूँ। जाति-जातिहरू आफूले खनेको खाड़लमा आफै जाकिएका छन्‌। तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै परेका छन्‌। परमप्रभु त उहाँकै न्‍यायद्वारा चिनिनुहुन्‍छ। दुष्‍टहरूचाहिँ आफ्‍नै हातका कामको जालमा फसेका छन्‌। (हिग्‍गायोन) सेला दुष्‍टहरूचाहिँ पातालमै फर्केर जानेछन्‌, सबै जातिहरू, जसले परमेश्‍वरलाई बिर्सन्‍छन्‌। तर दरिद्रहरूलाई सधैँ बिर्सिइनेछैन, पीडितहरूको आशा कहिल्‍यै चकनाचूर हुनेछैन। हे परमप्रभु, उठ्‌नुहोस्‌, मानिस विजयी हुन नपाओस्‌। जाति-जातिहरूको न्‍याय तपाईंको सामुन्‍ने होस्‌। हे परमप्रभु, तिनीहरूलाई भयभीत तुल्‍याउनुहोस्‌। तिनीहरू त मानिस मात्र हुन्‌ भनी जातिहरूले थाहा पाऊन्‌। सेला