भजनसंग्रह 86:8-13

भजनसंग्रह 86:8-13 NNRV

हे परमप्रभु, देवहरूमा तपाईं समान अरू कोही छैनन्‌, तपाईंका कार्यहरूजस्‍ता अरू कसैको छैनन्‌। हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जातिहरू तपाईंको अगि झुक्‍नेछन्‌, र तिनीहरूले तपाईंका नाउँको आराधना गर्नेछन्‌। किनकि तपाईं महान्‌ हुनुहुन्‍छ र आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ। तपाईं एकमात्र परमेश्‍वर हुनुहुन्‍छ। हे परमप्रभु, मलाई तपाईंका मार्गको शिक्षा दिनुहोस्‌, र म तपाईंको सत्‍यतामा हिँड्‌नेछु। मलाई एकाग्र हृदय दिनुहोस्‌, र म तपाईंका नाउँको भय मानूँ। हे परमप्रभु मेरा परमेश्‍वर, मेरो सम्‍पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, र म सदासर्वदा तपाईंका नाउँको महिमा गर्नेछु। किनकि मप्रति तपाईंको प्रेम महान्‌ छ, तपाईंले मेरो प्राणलाई पातालको गहिराइबाट छुटाउनुभएको छ।