भजनसंग्रह 85:8-12

भजनसंग्रह 85:8-12 NNRV

परमप्रभु परमेश्‍वरले के भन्‍नुहुन्‍छ, सो म सुन्‍नेछु। उहाँले आफ्‍नो प्रजासँग, आफ्‍ना पवित्र जनहरूसँग शान्‍तिको प्रतिज्ञा गर्नुहुन्‍छ, तर तिनीहरू फेरि मूर्खतातिर नलागून्‌। निश्‍चय नै उहाँसँग भय मान्‍नेहरूका नजिकै उहाँको उद्धार छ, र उहाँको महिमा हाम्रो देशमा वास गरोस्‌। प्रेम र विश्‍वस्‍तता आपसमा मिल्‍छन्‌, धार्मिकता र शान्‍तिले एक-अर्कोलाई चुम्‍बन गर्छन्‌। धरतीबाट विश्‍वस्‍तताको अङ्‌कुर निस्‍कन्‍छ, र धार्मिकताले चाहिँ स्‍वर्गबाट तल हेर्दछ। जे असल छ, परमप्रभुले त्‍यही दिनुहुनेछ, र हाम्रो जमिनले फसल उमार्नेछ।