भजनसंग्रह 80:7-19

भजनसंग्रह 80:7-19 NNRV

सर्वशक्तिमान्‌ परमेश्‍वर, हामीलाई पुनर्स्‍थापना गर्नुहोस्‌, आफ्‍नो मुहार हामीमाथि चम्‍काउनुहोस्‌, र हामी बाँच्‍न सकौं। तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्‍याउनुभयो, तपाईंले अरू जातिहरूलाई धपाएर त्‍यो बोट रोप्‍नुभयो। तपाईंले त्‍यसको निम्‍ति भूमि तयार पार्नुभयो, र त्‍यसको जरो गड़्यो र त्‍यो देशभरि फैलियो। पहाड़हरू त्‍यसको छायाले ढाकिए, र त्‍यसका हाँगाबिँगाले शक्तिशाली देवदारुका रूखहरू छोपिए। त्‍यसका हाँगाहरू समुद्रसम्‍म गए, अनि त्‍यसका मुनाहरूचाहिँ यूफ्रेटिस नदीसम्‍मै फैलिए। त्‍यसका पर्खालहरू तपाईंले किन भत्‍काइदिनुभएको छ, र त्‍यहाँबाट जाने सबैले त्‍यसको फल टिपून्‌? जङ्गलको बनेलले त्‍यसलाई नष्‍ट पार्छ, र जङ्गली जनावरहरू त्‍यसमा चर्छन्‌। सर्वशक्तिमान्‌ परमेश्‍वर, हाम्रा बीचमा फेरि फर्कनुहोस्‌। स्‍वर्गबाट तल दृष्‍टि गर्नुहोस्‌, यस दाखका बोटको हेरचाह गर्नुहोस्‌— तपाईंको आफ्‍नो दाहिने बाहुलीले रोप्‍नुभएको त्‍यस बिरुवाको त्‍यस छोराको, जसलाई तपाईंले आफ्‍नो लागि हुर्काउनुभएको छ। तपाईंका दाखको बोट काटेर ढालिएको छ, आगोले डढ़ाइएको छ। तपाईंको हप्‍कीमा तपाईंका जनहरू नष्‍ट हुन्‍छन्‌। तपाईंको दाहिने पट्टिको मानिसमाथि तपाईंको हात रहोस्‌, त्‍यो मानिसको पुत्रमाथि जसलाई तपाईंले आफ्‍नो निम्‍ति खड़ा गर्नुभएको छ। तब हामी तपाईंबाट कहिल्‍यै पिठिउँ फर्काउनेछैनौं, हामीलाई नयाँ जीवन प्रदान गर्नुहोस्‌, र हामी तपाईंका नाउँको पुकारा गर्नेछौं। हे परमप्रभु, सर्वशक्तिमान्‌ परमेश्‍वर, हामीलाई पुनर्स्‍थापना गर्नुहोस्‌, आफ्‍नो मुहार हामीमाथि चम्‍काउनुहोस्‌, र हामी बाँच्‍न सकौं।