भजनसंग्रह 78:4-6

भजनसंग्रह 78:4-6 NNRV

हामी यी कुराहरू तिनीहरूका छोराछोरीहरूबाट लुकाएर राख्‍नेछैनौं, तर आउने पुस्‍तालाई परमप्रभुका महिमामय कार्यहरू र उहाँको सामर्थ्‍य अनि उहाँले गर्नुभएका आश्‍चर्यपूर्ण कामहरूको वर्णन गर्नेछौं। उहाँले याकूबको निम्‍ति कानूनहरू कायम राख्‍नुभयो, र इस्राएलमा एउटा व्‍यवस्‍था स्‍थापना गर्नुभयो। आफ्‍ना सन्‍तानहरूलाई यी कुरा सिकाऊन्‌ भनेर, उहाँले हाम्रा पिता-पुर्खाहरूलाई हुकुम दिनुभयो, कि आउँदो पुस्‍ताले यी कुरा जानून्‌, र अझ नजन्‍मेका शिशुहरूले पनि यी कुरा जानून्‌, र तिनीहरूले आफ्‍ना सन्‍तानलाई पनि यी कुरा भनून्‌।