दिउँसो उहाँले तिनीहरूलाई बादलले र रातभरि अग्निको प्रकाशले अगुवाइ गर्नुभयो। उहाँले उजाड-स्थानमा चट्टानहरूलाई दुई भाग पार्नुभयो, र सागरमा झैँ प्रशस्त पानी पिउन दिनुभयो। उहाँले चट्टानबाट पानीको धारा निकाल्नुभयो, र पानी नदीझैँ बगाउनुभयो। तर मरुभूमिमा तिनीहरू सर्वोच्च प्रभुको विरुद्धमा विद्रोही भई उहाँको विरुद्धमा पाप गरी नै रहे। आफ्नै इच्छाबमोजिम खानेकुरा मागेर तिनीहरूले जानी-जानी परमेश्वरको परीक्षा गरे। तिनीहरूले परमेश्वरको विरुद्धमा यस्तो वचन बोले, “के परमेश्वरले उजाड-भूमिमा खानेकुरा दिन सक्नुहुन्छ र? जब उहाँले चट्टानलाई हिर्काउनुभयो, तब पानी फुटिनिस्क्यो, र खोलाहरू प्रशस्त भई बगे। तर के उहाँले हामीलाई भोजन पनि दिन सक्नुहुन्छ र? के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ र?” जब परमप्रभुले तिनीहरूका कुरा सुन्नुभयो, तब उहाँ साह्रै क्रोधित हुनुभयो, र याकूबको विरुद्धमा उहाँको आगो सल्क्यो, र इस्राएलको विरुद्ध उहाँको क्रोध दन्क्यो, किनभने तिनीहरूले परमेश्वरमा विश्वास गरेनन्, र उहाँको उद्धारमा भरोसा राखेनन्।
भजनसंग्रह 78 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 78
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 78:14-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू