भजनसंग्रह 77:5-15

भजनसंग्रह 77:5-15 NNRV

बितेका दिनहरू, धेरै पुराना वर्षहरूको मैले सम्‍झना गरें। राती मैले आफ्‍ना गीतहरू सम्‍झें, म ध्‍यानमा बसें, र मेरो आत्‍माले यो सोध्‍यो: के परमेश्‍वरले सदाको निम्‍ति इन्‍कार गर्नुहुन्‍छ, र उहाँले फेरि कहिल्‍यै निगाह राख्‍नुहुन्‍न? के उहाँको अचूक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको निम्‍ति समाप्‍त भएका छन्‌? के परमेश्‍वरले दया गर्न बिर्सनुभएको छ? के रिसाएर उहाँले आफ्‍नो कृपा-दृष्‍टि बन्‍द गर्नुभएको छ? अनि मैले सोचें, “यस कुरामा म अपिल गर्छु: सर्वोच्‍चको दाहिने बाहुलीका वर्षहरू।” परमप्रभुका कार्यहरूको म स्‍मरण गर्नेछु, निश्‍चय नै तादिका तपाईंका आश्‍चर्यकर्महरू म सम्‍झनेछु। म तपाईंका सबै कामहरूमाथि मनन गर्नेछु, र तपाईंका सबै शक्तिशाली कार्यहरूमाथि चिन्‍तन गर्नेछु। हे परमेश्‍वर, तपाईंका मार्ग पवित्र छन्‌, हाम्रा परमेश्‍वरझैँ महान्‌ देव अरू को छ? तपाईं आश्‍चर्य कामहरू गर्ने परमेश्‍वर हुनुहुन्‍छ, तपाईं आफ्‍नो सामर्थ्‍य मानिसहरूका बीचमा प्रकट गर्नुहुन्‍छ। तपाईंले आफ्‍नो बाहुलीको शक्तिले आफ्‍ना मानिसहरूलाई उद्धार गर्नुभयो, याकूब र योसेफका सन्‍तानहरूलाई। सेला