हे परमप्रभु, आफ्नो कोपमा उठ्नुहोस्, र मेरा शत्रुहरूका प्रकोपको विरुद्ध तपाईं आफै खड़ा हुनुहोस्। हे मेरा परमेश्वर, जाग्नुहोस्, र न्यायको आदेश दिनुहोस्। जाति-जातिहरू तपाईंको वरिपरि एकत्र होऊन्, र तिनीहरूमाथि उच्च स्थानबाट राज गर्नुहोस्। परमप्रभुले सबै जातिहरूको न्याय गरून्। हे परमप्रभु, मेरो धार्मिकताअनुसार र मेरो निर्दोषताअनुसार मेरो न्याय गर्नुहोस्, हे सर्वोच्च परमेश्वर। हे धार्मिक परमेश्वर, जसले मन र हृदयको जाँच गर्नुहुन्छ, दुष्टहरूको उपद्रव समाप्त गर्नुहोस्, तर धर्मीहरूलाई स्थिर गराउनुहोस्। मेरो ढाल सर्वोच्च परमेश्वर हुनुहुन्छ, जसले सोझो हृदय भएका मानिसहरूलाई बचाउनुहुन्छ। परमेश्वर निष्पक्ष न्यायाधीश हुनुहुन्छ, जुन परमेश्वरले प्रतिदिन आफ्नो क्रोध व्यक्त गर्नुहुन्छ।
भजनसंग्रह 7 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 7:6-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू