भजनसंग्रह 62:5-8

भजनसंग्रह 62:5-8 NNRV

हे मेरो प्राण, परमेश्‍वरमा मात्र विश्राम गर। मेरो आशा उहाँबाटै आउँछ। उहाँ मात्र मेरो चट्टान, मेरो उद्धारक र मेरो किल्‍ला हुनुहुन्‍छ। म डग्‍नेछैनँ। मेरो उद्धार र मेरो इज्‍जत परमेश्‍वरमा आश्रित छ, मेरो शक्तिशाली चट्टान र मेरो शरणस्‍थान परमेश्‍वर नै हुनुहुन्‍छ। हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्‍ने आफ्‍ना मन खोल, किनकि परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला