भजनसंग्रह 60:6-12

भजनसंग्रह 60:6-12 NNRV

परमेश्‍वरले आफ्‍नो पवित्रस्‍थानबाट भन्‍नुभएको छ, “विजयमा शकेमलाई विभाजन गर्नेछु, र सुक्‍कोतको बेँसी नापेर छुट्ट्याउनेछु। गिलाद मेरो हो, र मनश्‍शे पनि मेरै हो। एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्‍ड हो। मोआब मेरो पानीको बाटा हो, एदोममाथि म आफ्‍नो जुत्ता फाल्‍छु, पलिश्‍तमाथि म विजयसाथ कराउँछु।” कसले मलाई किल्‍ला भएको सहरमा पुर्‍याइदेला? एदोमसम्‍म मलाई कसले डोर्‍याउला? हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्‍याग्‍नुभएको छ, र अब हाम्रा सेनाहरूका साथमा जानुहुन्‍न? शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्‌, किनकि मानिसको सहायता त व्‍यर्थको हुन्‍छ। परमेश्‍वरद्वारा हामी विजय प्राप्‍त गर्नेछौं, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्‍चनुहुनेछ।