भजनसंग्रह 51:7-11

भजनसंग्रह 51:7-11 NNRV

हिसपले मलाई शुद्ध पार्नुहोस्‌, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्‌, र म हिउँभन्‍दा सेतो हुनेछु। मलाई हर्ष र उल्‍लास सुन्‍न दिनुहोस्‌, र तपाईंले चूर्ण पारिदिनुभएका हड्डीहरू आनन्‍दित होऊन्‌। मेरा पापहरूदेखि आफ्‍नो मुख लुकाउनुहोस्‌, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्‌। हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌, र मभित्र एउटा स्‍थिर आत्‍मा पुनर्जीवित पार्नुहोस्‌। मलाई तपाईंको उपस्‍थितिबाट नहटाउनुहोस्‌, न त मबाट तपाईंका पवित्र आत्‍मा लैजानुहोस्‌।