तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई सम्हाल्ने इच्छुक आत्मा दिनुहोस्। तब अपराधीहरूलाई म तपाईंका मार्गको शिक्षा दिनेछु, र पापीहरू तपाईंतर्फ फर्कनेछन्। हे परमेश्वर, हे मेरा उद्धारकर्ता परमेश्वर, मलाई रक्तपातको दोषबाट छुटकारा दिनुहोस्, र मेरो मुखले तपाईंका धार्मिकताको स्तुति गाउनेछ। हे परमप्रभु, मेरा ओठ खोलिदिनुहोस्, र मेरो जिब्रोले तपाईंको प्रशंसाको घोषणा गर्नेछ।
भजनसंग्रह 51 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 51
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 51:12-15
५ दिन
हामी अरू बढी येशुजस्तै हुँदै जाऔं भनेर परमेश्वरको आत्मा हाम्रो नवीकरण र रूपान्तरणमा एकदम सक्रिय हुनुहुन्छ। पुनस्थापना यस नवीकरणीय कार्यको एउटा भाग हो र यो ख्रीष्टियान जीवनको एउटा महत्त्वपूर्ण भाग हो। यस बिना, हामीले आफ्ना पुरानो चालढाल, सोचाइ, आदत र स्वभावहरूबाट स्वतन्त्र हुन सक्ने छैनौँ। यस बाइबल योजनाले तपाईंलाई पुन: स्थापनाको दीर्घ यात्राको पहिलो कदमहरूमा लैजान मदत गर्ने छ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू