हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्, र मभित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्। मलाई तपाईंको उपस्थितिबाट नहटाउनुहोस्, न त मबाट तपाईंका पवित्र आत्मा लैजानुहोस्। तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई सम्हाल्ने इच्छुक आत्मा दिनुहोस्। तब अपराधीहरूलाई म तपाईंका मार्गको शिक्षा दिनेछु, र पापीहरू तपाईंतर्फ फर्कनेछन्। हे परमेश्वर, हे मेरा उद्धारकर्ता परमेश्वर, मलाई रक्तपातको दोषबाट छुटकारा दिनुहोस्, र मेरो मुखले तपाईंका धार्मिकताको स्तुति गाउनेछ। हे परमप्रभु, मेरा ओठ खोलिदिनुहोस्, र मेरो जिब्रोले तपाईंको प्रशंसाको घोषणा गर्नेछ। किनकि तपाईं बलिमा प्रसन्न हुनुहुन्न, नत्रता म बलि चढ़ाउनेथिएँ। होमबलिमा तपाईं खुशी हुनुहुन्न। तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न।
भजनसंग्रह 51 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 51
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 51:10-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू